एनपीएल अक्सन: हेमन्त धामी गोलाप्रथाबाट, टेकबहादुर रावत प्रत्यक्ष अनुबन्धमा सुदूरपश्चिम रोयल्समा

Image
Nisarga Hospital

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको अक्सनमा हेमन्त धामी गोलाप्रथाबाट सुदूरपश्चिम रोयल्समा पुगेका छन्। हेमन्त १० लाख रुपैयाँमा बिक्री भएका हुन्।

CP Hospital Dhangadhi

क्याटागोरी ‘बी’ का हेमन्तको न्यूनतम मूल्य ५ लाख रुपैयाँ थियो। उनलाई पोखरा, लुम्बिनी, सुदूरपश्चिम र जनकपुरले बोली लगाएका थिए। गोलाप्रथाबाट छनोट हुने उनी दोस्रो खेलाडी हुन्। यसअघि देव खनाल गोलाप्रथाबाट चितवन राइनोजमा पुगेका थिए। हेमन्त हाल नेपाल अन्डर–१९ टोलीका कप्तान हुन्।

Attariya Hospital

यसैगरी, ‘सी’ क्याटागोरीका टेकबहादुर रावतलाई सुदूरपश्चिम रोयल्सले प्रत्यक्ष अनुबन्ध गरेको छ। शनिबार (साउन २४) ललितपुरस्थित रोयल टुलिपमा सम्पन्न अक्सनमा उनलाई न्यूनतम मूल्य २ लाख रुपैयाँमा अनुबन्ध गरिएको हो।

nawajiwan

एनपीएलको दोस्रो संस्करणका लागि १६४ खेलाडी अक्सन सूचीमा रहेका छन्। हालसम्म ६ खेलाडी बिक्री भइसकेका छन्।

Advertize US