
कृष्णपुर नगरपालिका–२ बाणीका ‘सी’ क्याटेगोरीका नयाँ खेलाडी आदित्य महता यस वर्षको नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सबाट खेल्ने भएका छन्।


अधिकतम ५ लाख रुपैयाँमा सुदूरपश्चिम र जनकपुर दुवैले उनलाई चाहेका थिए। अन्ततः लक्की ड्र मार्फत जनकपुर बोल्ट्सले महतालाई आफ्नो टोलीमा भित्र्याएको हो।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले आफ्नो पालिकाको खेलाडीको पनि एनपीएलमा सहभागिता रहनु खेल क्षेत्रमा स्थानीय स्तरको गर्वको विषय भन्दै सामाजिक संन्जालमा खुसी पोखेका छन । युवा खेलाडी महताको उज्ज्वल खेल जीवनको शुभकामना व्यक्त गरिएको छ।
































