
कैलाली कारागारका जेलर बसन्त खत्रीको स्थानमा जालन्धर भुसाललाई नियुक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार भुसाल भोलि दिउँसो ३ बजे कार्यभार सम्हाल्नेछन्।

हिजो राति कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।





























