कैलाली कारागारमा आफन्त भेटघाटको भीड !

Image
Nisarga Hospital

कैलाली कारागारमा कैदीबीचको हिंसात्मक झडपपछि आफन्तहरू भेट्न आउनेको भीड बढेको छ।
कारागार प्रशासनले भेटघाटको अनुमति दिएपछि आफन्तहरू आफ्ना मान्छेको अवस्था बुझ्न कारागार पुगेका हुन्। शनिबार पनि भेटघाट भएको थियो।

CP Hospital Dhangadhi
Attariya Hospital

आज बिहानदेखि कारागार परिसरमा लाइनै लाग्ने गरी आफन्तहरू भेटघाटका लागि उपस्थित भएका थिए।
शुक्रबार मध्यराति ब्लक ‘ए’ का कैदीहरूले ब्लक ‘बी’ का कैदीमाथि आक्रमण गर्दा धनगढी–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए।

आफन्तहरूका अनुसार हालै भएको कैदी सरुवापछि भित्र मनमुटाव बढेको छ। गोदावरी नगरपालिका–गेटाका सिद्धराज भट्टले कैदी नाइके अशोक रावलको सरुवापछि कारागारमा अशान्ति चुलिएको दाबी गरेका छन्।