
कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरी नजिकै महाकाली नदीमा आइतबार दिउँसो नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी ६–७ वर्ष उमेरका सानबी पन्त र जीविका पन्त नदीमा नुहाउने क्रममा वेपत्ता भएका हुन्।

स्थानीयले बताएअनुसार सो समयमा नदी किनारमा अन्य बालिका पनि नुहाइरहेका थिए। तर, तीमध्ये दुवै बालिका बगेर हराएका हुन्।
प्रहरी र स्थानीयको टोलीले घटनास्थल नजिकै खोजी कार्य तीव्र पारेको छ।
















