हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको खोजीमा आमा र बहिनी आज इजरायल प्रस्थान

Image
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90?
Nisarga Hospital

अत्तरियाः हमासद्वारा बन्धक बनाइएका विपिन जोशीको खोजी र रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) इजरायल प्रस्थान गर्दैछन्।

CP Hospital Dhangadhi

फ्लाइ दुबईमार्फत उनीहरू बिहान ९ बजे त्यसतर्फ जाँदै छन्। नेपालस्थित इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरेको हो।

Attariya Hospital

विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत २०८० साल असोज २० गते इजरायल पुगेका थिए। त्यही दिन हमास समूहले उनलाई बन्धक बनाएको बताइएको छ। प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेका उनको अवस्थाबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक भएको छैन।

nawajiwan