डडेल्धुरामा होटलभित्र जुवाखाल, सञ्चालकसहित ५ जना पक्राउ

Image
Nisarga Hospital

डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारमा जुवा खेलिरहेका पाँच जना पक्राउ परेका छन्।

CP Hospital Dhangadhi

अमरगढी–१० का ४२ वर्षीय दिपक भण्डारीले सञ्चालन गरेको आरति होटलको दोस्रो तलामा तास खेलिरहेको अवस्थामा होटल सञ्चालकसहित पाँच जना पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Attariya Hospital

प्रहरीका अनुसार उनीहरूबाट नगद ३७ हजार ७८५ रुपैयाँ र २०८ पत्ता तास बरामद गरिएको छ। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan