गोदावरी नगरपालिकाद्वारा निशुल्क अल्ट्रासाउण्ड र मुख क्यान्सर स्क्रिनिङ कार्यक्रम संचालन गर्दै

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले आगामी दिनहरूमा विभिन्न स्थानमा निशुल्क अल्ट्रासाउण्ड सेवा र पाठेघर (सर्भिक्स) को मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

CP Hospital Dhangadhi
Attariya Hospital

नगर स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थीका अनुसार, “गर्भवती महिलाहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन निशुल्क अल्ट्रासाउण्ड सुविधा उपलब्ध गराउने र साथै महिलाहरूमा बढ्दो जोखिम रहेको मुख क्यान्सरको प्रारम्भिक पहिचानका लागि पाठेघरको मुख क्यान्सर स्क्रिनिङ कार्यक्रम अत्यन्त महत्वपूर्ण छ।”

स्वास्थ्य शाखाले निर्धारण गरेको तालिकाअनुसार सेवाहरू निम्न स्थान र मितिमा सञ्चालन हुनेछन्:

२०८२।०४।२६ गते – अत्तरिया आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।२७ गते – स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।२८ गते – गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्र

२०८२।०४।३० गते – बुढीतोला आधारभूत स्वास्थ्य सेवा केन्द्र

स्वास्थ्य शाखाले सबै सरोकारवालालाई उक्त सेवामा सहभागिता जनाउन आग्रह गरेको छ।