जुपिटर एकेडेमीले आनन्दी रोकायालाई नर्सरीदेखि कक्षा १० सम्म निशुल्क शिक्षा दिने घोषणा

Image
Nisarga Hospital

गौरीगंगा नगरपालिका-६, बनबेहडा, कैलाली स्थित जुपिटर एकेडेमी नेपालले सामाजिक उत्तरदायित्वका रूपमा आनन्दी रोकायालाई निशुल्क पढाउने घोषणा गरेको छ।

CP Hospital Dhangadhi

साउन १० गते उनका पिता टेक बहादुर रोकाया घरबाट तामा खोज्न जाने क्रममा हराएपछि चार दिनपछि चुरे–४, सिताखाली खोलामा मृत भेटिएका थिए। आनन्दी उनीहरूको एक मात्र छोरी हुन्।

विद्यालयका प्रधानाध्यापक मनिराम धामीका अनुसार, “हाम्रो विद्यालय स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर आर्थिक अवस्था कमजोर, विपन्न र एकल परिवारका बालबालिकालाई मासिक शुल्क र भर्ना शुल्कमा छुट दिँदै आएका छौँ।”

nawajiwan
Attariya Hospital

प्र.अ. धामीले थप भने, “यो दुःखद परिस्थितिमा मृतकको परिवारको आर्थिक अवस्था निकै कमजोर छ भन्ने थाहा पाएपछि हामीले विद्यालय परिवारको तर्फबाट सम्पूर्ण सहयोग गर्ने निर्णय गरेका छौँ।”

उनले अभिभावकसँग छलफल गरी आनन्दी रोकायालाई नर्सरीदेखि कक्षा १० सम्म निशुल्क शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

यस निर्णयलाई स्थानीयले उच्च मुल्यांकन गर्दै विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गरेका छन्।