धनगढी त्रिनगर भन्सार नाकामा क्यारिङ्ग व्यवसायीमाथि प्रहरीको द्वन्द्व, कर छल्न सहज

Image
Nisarga Hospital

धनगढी: कैलालीको त्रिनगर भन्सार नाका सुदूरपश्चिमकै एक प्रमुख नाका हो जहाँ दैनिक हजारौँ मानिस भारत आउजाउ गर्छन्। यो नाका हुँदै मालसामान ढुवानी पनि हुने गर्दछ। तर केही व्यवसायीहरूले कर छल्न क्यारिङ्ग (साइकल वा पैदल सामान बोकेको) मार्फत मालसामान भित्राउने गरेको गुनासो व्यापक छ।

CP Hospital Dhangadhi

त्रिनगर प्रहरी चौकीमा नयाँ इन्चार्ज रमेश शाही आएका केही दिनयता क्यारिङ्ग व्यवसायीमाथि कडा नियन्त्रण र मनमानी बढेको छ। उनी क्यारिङ्ग व्यवसायीहरूको लिस्ट बनाएर लाइन मिलाउने र जोसँग लाइन नबसेको हो उसकै सामान समाउने गरेको आरोप लगाइएको छ।

Attariya Hospital

क्यारिङ्ग गर्ने महिलाहरूले मासिक शुल्क तिर्दै पनि प्रहरीको दवाव र अनावश्यक समस्याले उनीहरूको दैनिकी कष्टकर बनेको गुनासो गरेका छन्। कञ्चनपुरको डोके बजारमा पनि क्यारिङ्ग व्यवसायमा पुलिस टोलीसँग मिली मासिक रु. ५ हजार बुझाउनु पर्ने दबाब रहेको बताइएको छ।

nawajiwan

प्रहरीको जिम्मेवारी अवैध माल रोक्ने भए पनि आफ्नो टार्गेट पूरा गर्ने क्रममा यस किसिमको मनमानी र भेदभाव भएको छ। यसले साना व्यवसायीहरूलाई गम्भीर समस्या पुर्याइरहेको छ।