डोटीका सात स्थानीय तहमा आधारभूत अस्पताल अलपत्र

Image
Nisarga Hospital

डोटीः डोटीका सात स्थानीय तहमा पाँच वर्षअघि शिलान्यास भएका आधारभूत अस्पताल अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन्।

CP Hospital Dhangadhi

२०७७ मङ्सिर १५ गते देशभरका ३९६ स्थानीय तहमा एकैपटक आधारभूत अस्पताल भवनको शिलान्यास गरिएको थियो। सो क्रममा डोटीका सात स्थानमा पनि अस्पताल शिलान्यास भएपनि पूर्वीचौकी गाउँपालिकाबाहेक अन्य सबैमा भवन निर्माण अधुरै छ। पूर्वीचौकीमा भवन तयार भए पनि दक्ष जनशक्ति र बजेट अभावका कारण सञ्चालनमा आएको छैन।

बोगटान फुडसिल गाउँपालिका–२, केदार आखडामा निर्माणाधीन १५ शय्याको अस्पताल भवन २०७९ असारमै सम्पन्न हुनुपर्ने भए पनि हालसम्म १५.६३ प्रतिशत मात्र काम भएको छ। गाउँपालिकाले पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीको लापरबाहीका कारण काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए।

nawajiwan
Attariya Hospital

जोरायल गाउँपालिकाको १५ शय्याको अस्पतालमा हालसम्म ११ प्रतिशत मात्र काम भएको छ। ११ करोड २१ लाख ५८ हजार रुपैयाँको सम्झौताअनुसार १ करोड ९६ लाख रुपैयाँ पेस्की भुक्तानी दिइसकिएको छ।

केआइसिंह गाउँपालिकामा १० शय्याको अस्पतालको २१ प्रतिशत मात्र काम भएको छ भने बडिकेदार गाउँपालिकामा पाँच वर्ष बित्दा पनि ३५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ। सायल गाउँपालिकामा भने हाल पिल्लर राख्ने काम मात्र भएको छ।

Advertize US