
नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू–संरक्षण विभाग, बबरमहल, काठमाडौंले प्रदान गर्ने गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार यस वर्ष कृष्णपुर नगरपालिका अन्तर्गतको हरियाली सामुदायिक वन उपभोक्ता समूहलाई प्राप्त भएको छ।

सोमबार एक कार्यक्रमका बिच बनका अध्यक्ष नित्यानन्द जेठाराले उक्त पुरुष्कार ग्रहण गरेका हुन् । यो पुरस्कार नेपालभरका करिब ३० हजार सामुदायिक वनहरूमध्ये उत्कृष्ट छनोटका आधारमा प्रदान गरिन्छ।

सो अबसरमा कृष्णपुर – ४ का वडा अध्यक्ष धर्म सिंह , कंचनपुर बन कार्यालयका प्रमुख राम बिचारी ठाकुरको पनि उपस्थिति रहेको थियो । हरियाली बन कंचनपुर कै उत्कृष्ट बनको रूपमा रहेको छ । उक्त बनका झन्डै १५ सय उपभोक्ता रहेका छन् ।


















