बैतडीमा झाडापखालाबाट एक बालिकाको मृत्यु

Image
Nisarga Hospital

बैतडीः बैतडीको डिलाशैनी गाउँपालिका–४ जोखल्लीमा झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ। मृतक १३ वर्षीया आरती रोकाया महेश्वरी मावि न्वाघरमा कक्षा ८ मा अध्ययनरत थिइन्।

CP Hospital Dhangadhi

स्थानीय शिक्षक भरत नेगीका अनुसार रोकायालाई तीन दिनदेखि झाडापखाला लागेको थियो। सोमबार बिहान करिब साढे ५ बजे घरमै उनको निधन भएको हो। महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीले आरतीलाई स्वास्थ्य संस्थामा नलैजाँदा ज्यान गएको जनाइन्। उपचारको सट्टा परिवारले धामीझाँक्रीमार्फत झारफुक गराएको बुझिएको छ।

मृतकका बुबा सुरेन्द्रबहादुर रोकाया रोजगारीका लागि भारतको धार्चुलामा रहेका छन्। छोरीको निधनको खबर पाएपछि उनी घर फर्किने तयारीमा रहेको शिक्षक नेगीले बताए।

nawajiwan
Attariya Hospital

उक्त घरमा हाल थप दुई बालबालिकामा पनि झाडापखालाका लक्षण देखिएको र हाडाकोट स्वास्थ्यचौकीबाट स्वास्थ्यकर्मी पठाइएको स्वयंसेविका नेगीले जानकारी दिइन्।

हाडाकोट स्वास्थ्यचौकीका प्रमुख बिरेन्द्र बोहराले जोखल्ली गाउँ टाढा भएकाले आफू घटनास्थलतर्फ गइरहेको र गाउँ पुगेर मात्रै थप विवरण पत्ता लाग्ने बताए।

Advertize US