दार्चुलामा जंगली स्यालको आक्रमण, ४ जना घाइते

Image
Nisarga Hospital

दार्चुला: दार्चुलाको ब्यास गाउँपालिका–६ मा जंगली स्यालको आक्रमणबाट ४ जना स्थानीय घाइते भएका छन्।

CP Hospital Dhangadhi

आइतबार दिउँसो घर नजिकैको वनमा घास काट्ने क्रममा स्यालले आक्रमण गर्दा बसेडीका ७० वर्षीय गणेश दत्त भट्ट, ५१ वर्षीया धौली भट्ट र खातीगाउँकी ७५ वर्षीया च्याउली देवी भण्डारी घाइते भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोद कुँवरले जानकारी दिए।

Attariya Hospital

स्थानीयका अनुसार ४ दिनअघि पनि जयबहादुर बमलाई स्यालले आक्रमण गरी घाइते बनाएको थियो।

nawajiwan

आइतबार घाइते भएकाहरुलाई ब्यास–६ खातीगाउँस्थित ग्रामीण स्वास्थ्य इकाइमा प्राथमिक उपचारपछि जिल्ला अस्पताल खलंगा ल्याइयो। त्यहाँबाट थप उपचारका लागि धनगढी रिफर गरिएको स्थानीय रमेश भट्टले बताए।