दार्चुलाको शैल्यशिखर नगरपालिका बजेट विवादमा, सभा र बैठक अवरुद्ध

Image
Nisarga Hospital

दार्चुलाको शैल्यशिखर नगरपालिका पुनः विवादमा तानिएको छ। अघिल्ला वर्षहरूमा अनुदानमा अनियमितता र जीवित व्यक्तिलाई मृत देखाउने घटनाले आलोचना खेपेको यो नगरपालिका, यसपटक आर्थिक वर्ष २०८२/८३ को बजेट पारित नहुँदा चर्चामा आएको हो।

CP Hospital Dhangadhi

असार १० गते नगरसभामा बजेट प्रस्तुत भए पनि जनप्रतिनिधिबीचको मतभेदका कारण हालसम्म पारित भएको छैन। वडाध्यक्षहरूले वडास्तरमा प्रत्यक्ष बजेट विनियोजनको माग गरिरहेका छन् भने नगर प्रमुख विजयसिंह धामी भने सबै बजेट नगरपालिकामै राखेर सञ्चालन गर्नुपर्ने अडानमा छन्।

वडाध्यक्षहरूले नगर प्रमुखको एकल निर्णयको विरोधमा साउन २३ गतेको कार्यपालिका बैठक बहिष्कार गरेका थिए। सहभागी नभएका अध्यक्षहरूले पछि केही सदस्यलाई बोलाएर हस्ताक्षर गराएको आरोप लगाएका छन्। तत्काल बजेट पारित नभए कार्यालय सञ्चालन, कर्मचारीको तलब–भत्ता तथा सामाजिक भत्ता वितरणमा समस्या हुने चेतावनी वडाध्यक्षहरूले दिएका छन्।

nawajiwan
Attariya Hospital

तर प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बजेट नगरसभाबाट पारित भइसकेको दाबी गर्दै अहिले ब्रेकडाउन प्रक्रिया बाँकी रहेको बताए। उनका अनुसार वडाध्यक्षहरूले हरेक वडामा ६० लाख रुपैयाँ माग गरे पनि नगर प्रमुखले नगर बस सञ्चालन, विकास निर्माण र कर्मचारी सेवा–सुविधा खर्च नगरपालिकामै राख्ने पक्ष लिएका छन्।

साउन २२ गते ९ जना कार्यपालिका सदस्यहरूले बजेट विनियोजनको अवस्थाबारे स्पष्ट जानकारी दिन नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई लिखित निवेदन दिएका थिए।

हाल कार्यपालिका र नगरसभा दुवै प्रभावकारी रूपमा सञ्चालन हुन नसकेका कारण बजेट विवाद झन् चर्किएको छ।