बैतडीको पाटन नगरपालिकामा अनियमितता छानबिन गर्न समिति गठन

Image
Nisarga Hospital

बैतडीको पाटन नगरपालिकामा भएको भनिएको अनियमितता छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको छ।

CP Hospital Dhangadhi

नगर प्रमुख गौरीसिंह रावलका अनुसार, आइतबार बसेको नगरकार्यपालिकाको बैठकले जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा शहरी विकास तथा भवन निर्माण कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।

Attariya Hospital

समितिले बिना कागजात भुक्तानी, पूर्वाधार योजनामा अनियमितता, झुटा कागजात पेश गरी गरिएको खर्च, जनप्रतिनिधिबाट नियम विपरीत खर्च, साथै उपल्ला बाटुलाको ढुङ्गा खानीको सम्भाव्यता अध्ययनमा भएको भनिएका अनियमितताको छानबिन गर्नेछ।

nawajiwan

हाल जिल्लामा महालेखा परीक्षकको टोली काम गरिरहेको र महालेखाको काम सकिएपछि मात्र छानबिन समिति सक्रिय हुने नगर प्रमुख रावलले जानकारी दिए।

Advertize US