ज्योतिषीका अनुसार आजका लागि यी ७ राशिका मानिसहरूको भाग्य चम्किदै छ भने बाँकीलाई सामान्य, अनि तपाईंको राशिलाई कस्तो छ त ? पढ्नुहोस् साउन महिनाको २७ गते मंगलबारको दैनिक राशिफल :

Image
Nisarga Hospital

आज – २७ साउन २०८२ मंगलवार को राशिफल

CP Hospital Dhangadhi

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा मान सम्मानमा वृद्धि छुनेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

nawajiwan

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भाग्यले साथ दिनेछ। धन वा सुखमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। घरपरिवारमा मांगलिक कार्यले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा हजुरको इच्छाको पूर्ति हुनेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारीहरूलाई व्यापारबाट लाभ मिल्नेछ।माननियजनहरुको सहयोग मिल्ने छ।आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी वा पेशामा हत्तारमा निर्णय नलिनुहोला। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समाजमा मान प्रतिष्ठा बढ्नेछ। पहिला गरेको कार्यको राम्रो प्रतिफल मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभका साथै नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पुराना कार्यहरू सम्पादन गर्ने समय रहेको छ। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

Attariya Hospital

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सामाजिक वा राजनैतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ। आफन्त र जीवन साथीसँग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस्। आर्थिक कार्यमा गरेको प्रयास सफल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) योजना हरु सफल रहने छन्। लामो समयदेखि रोकिएको पैसा आकस्मिक मिल्न सक्छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ। आफन्तहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ। यात्रा गर्दा आफ्नो सामानको खयाल राखौं। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वैदेशिक शिक्षाको चाहमा शुभ सूचना मिल्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छरछिमेकीहरूसँग को मनमुटाव सुल्झिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विश्वासपात्रबाट धोका मिल्न सक्छ। आफ्नो बोलीले गर्दा बनेको कार्य बिग्रिन सक्ला। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। आफ्नो खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

हाम्रो पात्रो बाट