नेपाल चेम्बर अफ कमर्सको ७५औँ हीरक जयन्तीमा वृक्षारोपण कार्यक्रम

Image
Nisarga Hospital

धनगढी: नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिकोत्सव (हीरक जयन्ती) अवसरमा देशभर विभिन्न कार्यक्रम भइरहेको छ। यसै क्रममा नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशले विभिन्न स्थानमा ७५ वटा फूलका बोट विरुवाहरू रोप्ने अभियान सञ्चालन गरेको छ।

CP Hospital Dhangadhi

गोदावरी नगरपालिका–२, शान्ति टोलस्थित शान्ति ग्रीनपार्कमा सुदूरपश्चिम प्रदेश युवा चेम्बरका अध्यक्ष जय धामीको नेतृत्वमा टोल विकास समिति, पार्क व्यवस्थापन समिति र स्थानीय सरोकारवालाको सहभागितामा ७५ वटा फूलका विरुवा रोपिएका छन्।

त्यसैगरी, धनगढी उपमहानगरपालिका–१३ स्थित पाहुना घर तथा होमस्टेकी सञ्चालिका करुणा चौधरी र धनगढी–५ तारानगरस्थित जगदम्बा बहुउद्देश्यीय नर्सरीका सञ्चालक तथा पुष्प व्यवसायी–कृषक समूह धनगढीका अध्यक्ष वलदेव प्रसाद भट्टलाई पनि ७५ वटा फूलका विरुवा हस्तान्तरण गरिएको छ। विरुवा हस्तान्तरण कार्यक्रम प्रदेश चेम्बरका अध्यक्ष विनोद मल्ल ‘विप्लव’को हातबाट सम्पन्न भएको प्रदेश महासचिव रविन भट्टले जानकारी दिए।

महासचिव भट्टका अनुसार, हीरक जयन्ती अवसरमा कैलाली चेम्बर अफ कमर्स, धनगढी उपमहानगर चेम्बर, गौरीगंगा चेम्बर, सुदूरपश्चिम प्रदेश चेम्बर र प्रदेश युवा चेम्बरको संयुक्त आयोजनामा कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा वृक्षारोपण र फूलका विरुवा रोप्ने कार्य सम्पन्न गरिएको छ।

nawajiwan
Attariya Hospital

नेपालकै अग्रणी वाणिज्यिक संगठनका रूपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.सं. २००७ साल असोज २७ गते भएको हो। वि.सं. २०१२ (सन् १९५५) मा उद्योग तथा वाणिज्यसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन पनि यसै चेम्बरको अगुवाइमा सम्पन्न भएको थियो।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीका अनुसार, ‘चेम्बर आन्दोलन’ लाई अभियानका रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्दै आएको छ। चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गर्दै आएको र अन्तर्राष्ट्रियस्तरमा ७० वटा चेम्बरसँग समझदारीपत्रमार्फत आर्थिक क्रियाकलाप विस्तारका लागि सहकार्य भइरहेको उनले बताए।

सुदूरपश्चिम प्रदेश चेम्बरका महासचिव रविन भट्टका अनुसार, चेम्बरले प्रदेशका व्यवसायिक मुद्दामा वकालत गर्दै, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तारमा सहयोग गर्दै आएको छ। साथै, ‘सुदूरपश्चिममै उत्पादन, सुदूरपश्चिममै उपभोग, सुदूरपश्चिममै निर्माण’ भन्ने नारासहित समृद्ध सुदूरपश्चिम निर्माण अभियानमा सहकार्य गरिरहेको छ।