धनगढीमा राजस्व अपचलनको आशङ्कामा भारतीय कन्टेनर नियन्त्रणमा

Image
Nisarga Hospital

धनगढी: सशस्त्र प्रहरी बलले राजस्व अपचलनको आशङ्कामा भारतीय नम्बर प्लेटको एक कन्टेनर कैलालीको धनगढीबाट नियन्त्रणमा लिएको छ।

CP Hospital Dhangadhi

सीमा सुरक्षा गुल्म त्रिनगरबाट खटिएको सशस्त्र प्रहरी टोलीले युपी–३२ एचएन ७२९ नम्बरको कन्टेनरलाई धनगढी उपमहानगरपालिका–२, मिलनचोक नजिक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वैद्यनाथ बाहिनी मुख्यालयका सूचना अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए।

Attariya Hospital

उनका अनुसार कन्टेनरमा राजस्व अपचलनमा संलग्न भएको शङ्का रहेकाले नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएको कन्टेनरलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बाँकेको कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ।

nawajiwan