दार्चुलामा चितुवाको छाला सहित ५० वर्षीय पुरुष पक्राउ

Image
Nisarga Hospital

दार्चुला: दार्चुलामा चितुवाको छाला सहित एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।

CP Hospital Dhangadhi

जिल्लाको शैल्यशिखर नगरपालिका–३, कर्कलेबाट पक्राउ पर्ने व्यक्ति बैतडीको पुचौर्डी नगरपालिका–७ का ५० वर्षीय भानसिंह ऐर भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश दाहालले जानकारी दिए।

Attariya Hospital

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चितुवाको छाला सहित ऐरलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan