अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा, बाढी–पहिरोको जोखिम

Image
Nisarga Hospital

बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले मनसुन सक्रिय बनेको छ। दुवैतिरबाट आएको बादलका कारण हिजोदेखि देशका धेरै स्थानमा वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

आज पनि अधिकांश क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने केही ठाउँमा अति भारी वर्षा हुन सक्ने मौसमविद्हरूको पूर्वानुमान छ। विहीबार बिहानदेखि वर्षा तुलनात्मक रूपमा घट्ने प्रक्षेपण गरिएको छ।

Attariya Hospital

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले गत २४ घण्टामा धेरै स्थानमा मध्यमदेखि भारी वर्षा र केही क्षेत्रमा अति भारी वर्षा भएको छ।

nawajiwan