माया मेट्रो हस्पिटलमा भाद्र ५ देखि १५ सम्म निःशुल्क कानको जालीको अपरेशन हुने

Image
Nisarga Hospital

धनगढी:धनगढी–३ चटकपुरस्थित माया मेट्रो हस्पिटलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीका लागि विशेष स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ। अस्पतालले आगामी भाद्र ५ गतेदेखि १५ गतेसम्म ‘निःशुल्क कानको जालीको अपरेशन’ कार्यक्रम सञ्चालन गर्न लागेको हो।

CP Hospital Dhangadhi

अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. डिआर कँडेलका अनुसार १८ देखि ५० वर्ष उमेर समूहका बिरामीले यो सेवाको लाभ लिन सक्नेछन्। अपरेशन बेहोस नगरी गरिनेछ र जाँच गर्दा कानको जाली पूर्ण रूपमा सुख्खा हुनुपर्ने सर्त राखिएको छ।

यस कार्यक्रममा ओपीडी र अपरेशन सेवा पूर्ण रूपमा निःशुल्क हुनेछ भने ल्याब परीक्षणमा २५ प्रतिशतसम्म छुट दिइनेछ। बिरामीलाई समयमै उपस्थित भई यस अवसरको अधिकतम लाभ लिन आग्रह गरिएको छ।

nawajiwan
Attariya Hospital

थप जानकारीका लागि ९८०१७४३७०७ मा सम्पर्क गर्न सकिन्छ।

माया मेट्रो हस्पिटल – गुणस्तरीय उपचार, आधुनिक सुविधा र अनुभवी चिकित्सकको भरपर्दो साथ।

Advertize US