
अत्तरिया,: लोकप्रिय लोकगायिका सुनिता दुलालले यस वर्षको तीजका लागि नयाँ गीत ‘चालिसे चुरा’ सार्वजनिक गरेकी छन्। तीज गीतमै आफ्नो छुट्टै पहिचान बनाएकी उनी ‘तीज क्विन’को रूपमा परिचित छिन्।

शम्भुजित बास्कोटाको संगीत र चिरञ्जिवी भट्टको शब्दमा तयार भएको गीत रंगीन र रमाइलो माहोलमा पेश गरिएको छ। म्यूजिक भिडियोमा अभिनेत्री एलिजा गौतम, शर्मिला मल्ल, हट्टी नट्टी, पुनम श्रेष्ठ, जयन सुब्बा मानन्धर र स्वयं गायिका दुलालको अभिनय समावेश छ।
तेञ्जु योञ्जनको निर्देशनमा बनेको भिडियो ‘सुनिता दुलाल’ युट्युब च्यानलमार् सार्वजनिक भएको हो। गीतबारे बोल्दै दुलालले यसपटकको तीज गीतमा सांस्कृतिक रंग, परम्परा र आधुनिक प्रस्तुतीको विशेष मिश्रण रहेको बताइन्।


‘नबोल अरुसँग’, ‘पियारी’, ‘यो रमाइलो तिजैमा’, ‘यसपाली नि खाने दर’, ‘चुरा टिका लाली’, ‘इच्छा पु¥याइदेउ’ र ‘नाचौं सरर’ जस्ता हिट गीत मार्फत लोकप्रिय भएकी दुलालले नयाँ गीत पनि दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्।
तीज आउन अझै केही हप्ता बाँकी भए पनि सामाजिक सञ्जालहरू अहिले नै तीजमय बनेका छन्। यसबीच सार्वजनिक भएका दर्जनौं तीज गीतमध्ये ‘चालिसे चुरा’ ले पनि दर्शकको ध्यान खिचिरहेको छ।



























