दार्चुलामा टिंकर खोलाको बाढी, तीन पुल बगाएर सडक अवरुद्ध

Image
Nisarga Hospital

दार्चुला: भीषण बाढीका कारण टिंकर खोलाको छांगरुदेखि टिंकरसम्मको सडक सम्पर्क विच्छेद भएको छ। मंगलबार आएको बाढीले टिंकर खोलापुल, नाम्पा पुल र चम्लिङ खोलाको पुल पूर्ण रूपमा बगाएको व्याँस गाउँपालिका–१ का स्थानीय वीरेन्द्रसिंह तिंकरीले जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

उनका अनुसार, बाढीका कारण टिंकरस्थित नेपाल टेलिकमको टावर पनि सेवा बन्द भएको छ।

Attariya Hospital

जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश दाहालले गाउँभित्र भने मानवीय वा भौतिक क्षति नभएको बताए। “टिंकर सीमा प्रहरी चौकीसँग सञ्चार सेटमार्फत सम्पर्क भइरहेको छ,” दाहालले भने, “घटनास्थलको अवस्था बुझ्न प्रहरी टोली पठाइएको छ।”

nawajiwan

बाढीले तीन पुल मात्र नभई छांगरु–टिंकर सडक खण्डअन्तर्गत करिब ३००–४०० मिटर सडक पनि बगाएको छ।

Advertize US