आज श्रीकृष्ण जन्माष्टमी: ज्ञान, भक्ती र धर्मको सन्देशसहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

Image
Nisarga Hospital

देशभर आज भक्ति र उल्लाससहित श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ । भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णको जन्मदिवसका अवसरमा विभिन्न मन्दिर र तीर्थस्थलमा विशेष पूजा–आराधना, व्रत, भजनकीर्तन र जाग्राम आयोजना भइरहेको छ ।

CP Hospital Dhangadhi

भाद्र कृष्ण अष्टमीको मध्यरातमा द्वापर युगमा भगवान् श्रीकृष्णको अवतार भएको विश्वास गरिन्छ । यही कारण यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।

Attariya Hospital

पौराणिक कथाअनुसार, बाल्यकालमै असुर शक्तिको नाश गर्दै धर्म र सत्यको रक्षा गरेका श्रीकृष्णले कंस, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको अन्त्य गरेका थिए । कुरुक्षेत्रको युद्धमा अर्जुनलाई उपदेश दिँदै व्यक्त गरिएको उनको दिव्य वाणी ‘श्रीमद्भगवद्गीता’ आज पनि विश्वभर लाखौँ भक्तका लागि मार्गदर्शक बनेको छ ।

nawajiwan

यस अवसरमा काठमाडौं उपत्यकासहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । पाटन दरबार क्षेत्रको प्रसिद्ध कृष्ण मन्दिर, कागेश्वरी मनोहरास्थित नवतनधाम, बूढानीलकण्ठको इस्कोन मन्दिर लगायतका स्थानमा विशेष कार्यक्रम भइरहेको छ । राजधानीका विभिन्न धार्मिक सङ्घ–संस्थाले श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा निकालेका छन् ।