
नेपालमा सक्रिय मनसुन हाल कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरिरहेकाले वर्षाको गतिविधि सीमित मात्रामा देखिएको हो ।

हाल देशका अधिकांश पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको विभागले जनाएको छ ।
दिउँसो सुदूरपश्चिमसहित देशका पहाडी क्षेत्रहरूमा साधारण बदली र बाँकी भूभागमा आंशिक बदली हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा साथै अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।


आज राति पनि कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा मध्यम वर्षा हुने देखिएको छ भने अन्य अधिकांश ठाउँमा आंशिक बदली रहने महाशाखाको भनाइ छ ।
आज सूर्योदय बिहान ५:३५ मा भएको थियो भने सूर्यास्त साँझ ६:४१ मा हुने जनाइएको छ ।




















