
अत्तरिया : कैलाली मोडेल सोसियल क्लबको मुख्य आयोजना र कर्मा एब्रोड एजुकेसन कन्सल्टेन्सीको सहआयोजनामा भएको “बसन्ती मेमोरियल अन्तर्विद्यालय हाजिरी जवाफ प्रतियोगिता” सम्पन्न भएको छ। प्रतियोगिको मुख्य आयोजक कैलाली मोडेल हो ।

शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत कैलाली मोडेल स्कूलकी पुर्व शिक्षका स्व.वसन्ती भट्टराईको सम्झनामा वसन्ती स्मृति अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा प्रथम स्थान ल्याउन सफल एरिस्टो इङ्लिस बोर्डिङ स्कुलको टीमलाई रु. ५,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

प्रतियोगितामा यस्तैगरी धनगढी सिटी स्कूलले दोस्रो र आयोजक कैलाली मोेडेल स्कूलले तेस्रो स्थान हासिल गरेका छन्। द्वितीय स्थान ल्याउन सफल सिटी स्कुलको टीमलाई रु. ३,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको हो । तृतीय स्थान ल्याउन सफल कैलाली मोडेल माध्यमिक विद्यालयको टीमलाई रु. २,००० नगद सहित प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ । साथै सम्पूर्ण सहभागीहरुलाई पनि सहभागीताको प्रमाणपत्र वितरण गरिएको थियो । कैलाली मोडेल परिवारले प्रतियोगितामा बिजयी हुन सफल कक्षा १० का विद्यार्थीहरूलाई आगामी वर्ष कक्षा ११ मा प्रिबुकिङद्वारा भर्ना हुँदा निम्न अनुसार छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । प्रथम स्थान: १०० % छात्रवृत्ति द्वितीय स्थान: ५० % छात्रवृत्ति तृतीय स्थान: २५ % छात्रवृत्ति दिने भएको छ ।

कैलाली मोडेल स्कूल अन्तर्गतको “सोसल क्लब”ले निर्माण व्यवसायी संघको हलमा आयोजना गरेको उक्त हाजिरी जवाफ प्रतियोगितामा विभिन्न सात ओटा विद्यालयको सहभागिता रहेको प्रधानाध्यापक तपेन्द्र सिंहले जानकारी दिए। पुर्व शिक्षिका भट्टराईको सम्झनामा प्रत्येक वर्ष हाजिरीजवाफ प्रतियोगिता आयोजाना गर्दै आएको उनले बताए।
प्रतियोगितामा धनगढीका सातवटा विद्यालय एरिस्टो इङ्लिस बोर्डिङ स्कुल, सिटी स्कुल, त्रिभुवन माध्यमिक विद्यालय, वैशेषिका पाठशाला, नेपाल पुलिस स्कुल, गार्डनर इङ्लिस बोर्डिङ स्कुल, र कैलाली मोडेल माध्यमिक विद्यालयका टीमहरू उत्साहपूर्वक सहभागी भए। हरेक टिममा ३/३ जनाको सहभागीता थियो भने प्रत्येक टिममा एक जना छात्राको अनिवार्य सहभागीता थियो ।
आयोजक कैलाली मोडल सोसियल क्लबको समितिले सबै सहभागी विद्यालय, विद्यार्थी, अतिथि र सहयोगी संस्थाहरूलाई धन्यवाद दिएको र भविष्यमा यस्ता शैक्षिक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

















