बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, यातायात सम्पूर्ण ठप्प

Image
Nisarga Hospital

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडीलाई जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार बडीमालिका नगरपालिका–४ मा पर्ने रिला खोलामा माथिबाट पहिरो खस्दा खोलामा बाढी आएर सडक अवरुद्ध भएको हो।

Attariya Hospital

राजमार्ग खोल्न जेसिभी प्रयोग गरेर प्रयास भइरहेको भए पनि निरन्तर पहिरो खसिरहेकाले काम अघि बढ्न नसकेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।

nawajiwan

सडक अवरुद्ध भएपछि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न नसक्दा आवतजावत पूर्णरूपमा रोकिएको छ।