कैलाली कारागार झडप : ३५ कैदी उपचारपछि डिस्चार्ज, अझै ९ अस्पतालमै

Image
Nisarga Hospital

कैलाली कारागारमा गत शुक्रबार राति भएको हिंसात्मक झडपमा घाइते भएका कैदीमध्ये ३५ जनालाई उपचारपछि सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारपछि डिस्चार्ज भएका कैदीलाई तत्काल कारागारमा पुनःस्थापना गर्न नसकिने भएकाले अस्पतालमै राखिएको छ। कारागार प्रशासन र सुरक्षा निकायले उनीहरूलाई जेलमा फर्काइए पुनः आक्रमण हुने सम्भावना औंल्याएका छन्। हाल डिस्चार्ज भएका कैदीको सुरक्षा सशस्त्र प्रहरीले अस्पतालमै गर्दै आएको प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार झडपमा घाइते भएका ४८ मध्ये ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने ३ जनालाई गम्भीर चोट लागेकाले थप उपचारका लागि काठमाडौँ पठाइएको छ। बाँकीमध्ये ३५ जना निको भई डिस्चार्ज भएका छन् भने ९ जना अझै उपचाररत छन्।

nawajiwan
Attariya Hospital

कारागार प्रशासनका जेलर जालन्धर भुसालका अनुसार डिस्चार्ज भएका कैदीलाई अन्यत्र स्थानान्तरण गर्ने गृहकार्य भइरहेको छ। यसअघि नै तीन जनालाई कञ्चनपुर कारागारमा सारिएको छ भने बाँकीलाई पनि स्थानान्तरणबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

यस घटनापछि छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।

Advertize US