लायन्स क्लब अफ धनगढी संजीवनीको अध्यक्षमा ओझा

Image
Nisarga Hospital

लायन्स क्लब अफ धनगढी संजीवनीको अध्यक्षमा लक्ष्मीराज ओझा निर्बिरोध निर्वाचित भएका छन । बर्ष २०२५/०२६ का लागि अध्यक्षमा ओझा सहित सम्पुर्ण सदस्य निर्बिरोध निर्वाचित भएका हुन ।

CP Hospital Dhangadhi

त्यस्तै क्लबको बरिष्ट उपाध्यक्षमा रतन एस के र सचिवमा गौरिदत्त जोशी निर्वाचित भएका छन ।

nawajiwan
Attariya Hospital

नव निर्वाचित टिमलाई आज पद हस्तान्तरण समेत गरिएको छ । निबर्तमान अध्यक्ष शेर बहादुर महतराको अध्यक्षतामा भएको पद हस्तान्तण कार्यक्रममा प्रमुख अतिथि लाइन्स क्लबका डिष्ट्रीक एक्ज्युकेटिभ चिफ गोबिन्द बहादुर अधिकारी, सिनियर लायन जनकराज जोशी, प्रेम बिसि लगायतको उपस्थिति रहेको थियो ।

पदभार ग्रहण गर्दै अध्यक्ष ओझाले आफ्नो एकबर्षे कार्याकलमा दुर्गम बस्तिमा बृहत स्वास्थ्य शिविर, रक्तदान लगायत सामाजिक कार्य गर्ने प्रतिबद्धता जनाएका छन ।