
चलचित्र ‘बलिदान’ को टिजर युट्युबमा सार्वजनिक भएको छ।

ओएसआर डिजिटलमार्फत रिलिज गरिएको टिजर १ मिनेट ५० सेकेन्डको रहेको छ। सन्तोष सेनले निर्माण गरेको यो चलचित्र यस वर्षको दसैंको फूलपातीको दिन प्रदर्शनमा आउँदै छ।

आसुसेन फिल्मस प्रा. लि. को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायत कलाकारको अभिनय देख्न पाइनेछ।

चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

















