
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र कैलालीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कृष्णप्रसाद लम्सालबीच शनिबार भेटवार्ता भएको छ ।

मुख्यमन्त्री निवासमा भएको भेटघाटमा सामाजिक विकास मन्त्री मेघराज खड्काको पनि उपस्थिति थियो । भेटमा कैलालीको शान्ति–सुरक्षासहितका समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस सल्लाहकार डम्बरबहादुर बमले जानकारी दिए ।

हालै मात्र कैलाली हाजिर भएका सीडीओ लम्साल गोगनबहादुर हमालको स्थानमा आएका हुन् । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै हमाललाई गृह मन्त्रालय तानिएको हो ।



















