नेपालभित्र यात्रु लिन पाउनुपर्ने मागसहित भारतीय ट्याक्सी चालक कञ्चनपुर सीमा नाकामा आन्दोलित

Image
Nisarga Hospital

कञ्चनपुर : कञ्चनपुरको बनबासा पुल क्षेत्रमा भारतीय ट्याक्सी व्यवसायीले धर्ना दिँदै आन्दोलन गरेका छन्। उनीहरूले नेपालभित्रैबाट यात्रु लिन पाउनुपर्ने माग राख्दै नाराबाजी गरेका छन्।

CP Hospital Dhangadhi

आन्दोलनकारीले आफ्ना माग पूरा नभए नेपाल–भारत मैत्री बस सेवा अवरुद्ध गर्ने चेतावनीसमेत दिएका छन्।

Attariya Hospital

यता नेपाली प्रशासनका अनुसार महेन्द्रनगर बजार क्षेत्रमा अनुमति बिना भारतीय ट्याक्सीले यात्रु बोक्न थालेपछि नियन्त्रणको प्रयास गर्दा विरोध भएको हो।

nawajiwan

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सीमामा पहेँलो नम्बर प्लेटका ट्याक्सीलाई रोकिएपछि भारततर्फका व्यवसायीले आपत्ति जनाएको बताए। उनले अनुमति बिना भारतीय ट्याक्सीले नेपालभित्र यात्रु बोक्न नपाउने स्पष्ट पार्दै अहिले सीमा नाका भने बन्द नभएको जानकारी दिए।