अलास्कामा ट्रम्प–पुटिन भेट : युद्धविरामको अन्तिम निर्णय जेलेन्स्कीको हातमा

Image
Nisarga Hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा भएको प्रत्यक्ष भेटपछि युक्रेन युद्धविरामको अन्तिम निर्णय युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हातमा रहेको बताएका छन्।

CP Hospital Dhangadhi

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले निकट भविष्यमा आफू, पुटिन र जेलेन्स्कीबीच संयुक्त बैठक हुने जानकारी दिए। तर, बैठकको मिति र स्थानबारे केही खुलाइएको छैन। “हामीसँग यसलाई पूरा गर्ने राम्रो सम्भावना छ,” ट्रम्पले भने। उनले युरोपेली मुलुकहरूको संलग्नता आवश्यक हुने उल्लेख गर्दै, अन्ततः यो जिम्मेवारी जेलेन्स्कीकै रहेको दोहोर्याए।

Attariya Hospital

यसअघि शुक्रबार अलास्काको संयुक्त बेस एल्मेन्डोर्फ–रिचार्डसनमा ट्रम्प र पुटिनबीच झण्डै तीन घण्टा लामो वार्ता भएको थियो। सन् २०२१ पछि दुई राष्ट्रपतिबीच भएको यो पहिलो प्रत्यक्ष भेटवार्ता हो।

nawajiwan

वार्तापछि ट्रम्पले “धेरै उत्पादक” भएको बताए पनि तत्काल कुनै औपचारिक सम्झौता वा युद्धविरामबारे सहमति हुन सकेको छैन।

Advertize US