
चौमालाः नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघ गौरीगंगा नगर स्तरिय संयोजकमा अर्जुन बम सर्बसम्मत निर्बाचित भएका छन।उनी नेपाली कांग्रेसका क्रियाशिल एबम तरुणदल नेता समेत हुन।

कैलालीको राजिपुरमा सम्पन्न भएको भेलाले बमको नेतृत्वमा गौरीगंगामा खेलकुद गतिविधि बाट पाटिमा योगदान पुर्याउँन्दै आएका बम लाई निर्बिरोध चयन गरिएको हो। कार्यसमितिको उपाध्यक्षमा योगेश थापा,सचिबमा शेर बहादुर देउबा,सह-सचिवमा रामचन्द्र चौधरी र कोसाध्यक्षमा चन्द्रा बम सर्बसम्मत चयन भएका हुन। त्यसैगरी कार्यसमितिको सदस्यहरुमा सुभाष देउबा,जगत सापकोटा,बिराज सुनार,विशाल रावल,गोपाल रावल,मान बहादुर साँउद,नारायण सुनार,दिपेन्द्र कठायत लगायत रहनु भएको छ।
उक्त भेलामा बोल्दै नेपाली कांग्रेस गौरीगंगा नगर सभापति पहल बिक्रम चन्दले आगामी दिनमा लोकतान्त्रिक खेलकुद संघले संगठनलाई चलायमान बनाउँदै पाटिलाई सहयोग गर्ने बिस्वास ब्यक्त गरे। त्यसैगरी नगर सचीव हेमन्त बाजे ले नेपालको लोकतान्त्रिक आन्दोलनमा खेलाडी र खेलप्रेमीको भुमिका रहेको बताउँदै नेपाली कांग्रेसले खेल क्षेत्रलाई उच्च महत्व दिएको बताए।

कार्यक्रममा नेपाली कांग्रेस गौरीगंगाका तरुण,युवा र खेलाडिको उपस्थिति रहेको थियो।

































