धनगढीमा नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समितिको पहिलो भेला, १७ सदस्यीय कार्यसमिति गठन

Image
Nisarga Hospital

धनगढीमा नेपाली कांग्रेस बैतडी–कैलाली सम्पर्क समितिको पहिलो भेला सम्पन्न भएको छ। भेलाले संगठन विस्तार, विकास र आपसी सहकार्यमा जोड दिँदै १७ सदस्यीय कार्यसमिति गठन गरेको छ।

CP Hospital Dhangadhi

भेलाका प्रमुख अतिथि कांग्रेस केन्द्रीय सदस्य डा. रणबहादुर रावलले सहिद दशरथ चन्दको जिल्लाले शिक्षा र संस्कृतिमा अग्रस्थान हासिल गरेको उल्लेख गर्दै बैतडीको विकासका लागि आफ्नो तर्फबाट सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए। उनले कैलालीमा रहेका बैतडीबासीहरूले कांग्रेसलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

त्यस्तै, केन्द्रीय सदस्य नृपबहादुर वडले आपसी सहकार्यबाट मात्र पार्टी बलियो हुने भन्दै सम्पर्क समितिले दुई जिल्लाबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने बताए।

nawajiwan

कार्यक्रममा कांग्रेस बैतडीका जिल्ला सभापति चतुरबहादुर चन्दले विकासमा जिल्लालाई पछाडि पार्ने प्रवृत्तिको आलोचना गर्दै सबैलाई एकताबद्ध हुन आग्रह गरे। उनले झुलाघाटमा पक्की पुल निर्माण अपरिहार्य रहेको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देखिने गरी काम नगरेकोमा खेद प्रकट गरे।

यस्तै, कांग्रेस कैलालीका सभापति तथा राष्ट्रियसभा सदस्य नारायण दत्त भट्टले संगठन विस्तारमा सम्पर्क समितिको भूमिका महत्वपूर्ण हुने धारणा राखे।

Attariya Hospital

प्रयागराज भट्टको अध्यक्षतामा सम्पन्न भेलामा प्रदेश, जिल्ला, क्षेत्र तथा नगरस्तरका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

१७ सदस्यीय कार्यसमिति गठन

भेलाले प्रयागराज भट्टको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ। जसमा उपाध्यक्षमा तिलकसिंह धामी र नरसिंह भाट, सचिवमा शंकरसिंह एरी, सहसचिवमा यज्ञराज अवस्थी र अक्कलबहादुर भण्डारी, कोषाध्यक्षमा जयन्ती बोहरा रहेका छन्।

सदस्यहरूमा प्रेमबहादुर चन्द, सुरज मडै, ईश्वरदत्त पन्त, शंकरदत्त भट्ट, मोहनबहादुर बम, भक्तराज भट्टराई, दीपेन्द्र भट्ट र लक्ष्मी केसी रिजाल रहेका छन्। बाँकी सदस्य पछि मनोनयन गरिने समितिले जनाएको छ।

यसैगरी समितिको बैठकले नेपाल प्रेस युनियनका प्रदेश लेखा समिति संयोजक कृतबहादुर बिष्टलाई प्रेस तथा प्रचार–प्रसार विभागको संयोजकमा मनोनयन गर्ने निर्णय गरेको छ।