
धनगढी अत्तरिया हुँदै लामो समयदेखि सोफा तथा फर्निचर सेवा दिँदै आएको लाटाकाफली अनलाइन सोफा सेन्टर ले अब महेन्द्रनगरमा पनि आफ्नो साखा सञ्चालनमा ल्याएको छ। महेन्द्रनगरको ब्रहमदेव रोडमा सुरु गरिएको यो नयाँ शाखा औपचारिक रूपमा सेवा दिन थालिसकेको छ।

ग्राहकको सहजता र सोफा तथा फर्निचरका सामानप्रति बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ शाखा खोलिएको सञ्चालक योगेन्द्र रावलले जानकारी दिए। उनका अनुसार अत्तरिया बाहेक अब महेन्द्रनगरका ग्राहकहरूले पनि सोफा, दराज, पलङ, डाइनिङ टेबल, स्टिल दराजलगायतका फर्निचर सजिलै पाउनेछन्।
रावलले भने, “हामीसँग आफ्नै फर्निचर उद्योग भएकाले काठ, कपडा र उत्पादनमा लाग्ने खर्चमै सोफा र अन्य सामग्री उपलब्ध गराइरहेका छौँ। बाहिरबाट ल्याउँदा महँगो पर्न जाने भएकाले हामी आफैं उत्पादन गर्ने गरेका छौँ।”


नयाँ शाखासँगै सेन्टरले विशेष छुट योजना समेत सार्वजनिक गरेको छ। हाल महेन्द्रनगरबाट सुरु गरिएको सेवामा १५ देखि २० प्रतिशतसम्म छुट उपलब्ध गराइएको छ। साथै तीज पर्वको अवसरमा थप विशेष छुट अफर पनि ल्याइएको सञ्चालक रावलले बताए।
उनका अनुसार हाल महेन्द्रनगर र आसपासका क्षेत्रमा बढी माग भए पनि कैलालीको पूर्वी भाग, विशेष गरी टिकापुर क्षेत्रमा समेत माग बढ्दो क्रममा रहेको छ। निकट भविष्यमै टिकापुरमा समेत नयाँ शाखा विस्तार गर्ने योजना रहेको उनले जानकारी दिए।


















