बेलौरी नगरपालिकाद्वारा २६ नयाँ भलमन्सालाई प्रमाणपत्र प्रदान, परम्परा सुदृढ गर्न भलमन्सा ऐन कार्यान्वयन

Image
Nisarga Hospital

कञ्चनपुरको बेलौरी नगरपालिकाले भलमन्सा ऐन–२०७८ जारी गरेसँगै नयाँ चयन भएका भलमन्सालाई प्रमाणपत्र प्रदान गरेको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा भलमन्साहरूलाई प्रमाणपत्र वितरणसँगै शुभकामना आदान–प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

यस वर्ष बेलौरी नगरपालिका–९, ढिक्का कुण्डाका वीरबहादुर चौधरी सर्वसम्मत रूपमा भलमन्सा पदमा चयन भए। २६ चौधरी परिवार रहेको डाँडा कुण्डामा यसअघि लोकेन्द्र चौधरीले झन्डै पाँच वर्षसम्म भलमन्साको जिम्मेवारी सम्हालेका थिए। नयाँ प्रमाणपत्र प्राप्त गरेपछि वीरबहादुरले समुदायलाई आवश्यक सहयोग गर्दै गाउँको विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे।

नगर प्रमुख पोतिलाल चौधरीले २६ जना नयाँ भलमन्साहरूलाई प्रमाणपत्र प्रदान गरिएको जानकारी दिँदै भलमन्सा ऐनमार्फत राना–थारू समुदायको हितमा काम हुँदै आएको बताए। बेलौरी नगर भलमन्सा समितिका संयोजक अमरसिंह चौधरीका अनुसार भलमन्साहरूले विवाह, व्रतबन्ध, सामान्य विवाद समाधानदेखि लागूऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक गतिविधिसम्मको नेतृत्व गर्दै आएका छन्।

nawajiwan
Attariya Hospital

उनका अनुसार भलमन्साको अगुवाइमा बेलौरी नगरपालिकाका विभिन्न वडामा सडक सरसफाइजस्ता कामहरू पनि सम्पन्न भएका छन्। थारू समुदायले सँदियोदेखि नै भलमन्सा (बरघर) चयन गर्ने परम्परा कायम राख्दै आएको छ। समुदायको सेवा गरेबापत भलमन्साले प्रतिवर्ष प्रत्येक परिवारबाट १०–१५ किलो धानजस्ता योगदान पाउने प्रचलन पनि रहेको छ।

बेलौरी नगरपालिकामा चौधरी समुदायले माघ महिनामा र राना समुदायले असार महिनामा नयाँ भलमन्सा चयन गर्ने प्रथा रहँदै आएको छ। यसअघि गत फागुन महिनामा पहिलोपटक भलमन्साहरूलाई औपचारिक रूपमा प्रमाणपत्र प्रदान गरिएको थियो। हालसम्म बेलौरी नगर भलमन्सा समितिमा एक सय सात जना भलमन्सा दर्ता भइसकेका छन्।