धनगढी उपमहानगरमा सेफ्टी जम्प एयर ब्याग : आगलागीमा सुरक्षित उद्धारको नयाँ पहल

Image
Nisarga Hospital

धनगढी उपमहानगरपालिकाले आगलागी वा अन्य आकस्मिक अवस्थामा मानिसलाई सुरक्षित रूपमा अवतरण गराउन सकिने सेफ्टी जम्प एयर ब्याग भित्र्याएको छ।

CP Hospital Dhangadhi

घरमा आगलागी हुँदा माथिल्लो तल्लामा अड्किएका व्यक्तिलाई उक्त ब्यागमा कुदाएर सुरक्षित उद्धार गर्न सकिने व्यवस्था गरिएको उपमहानगर प्रमुख गोपाल हमालले जानकारी दिए। उनका अनुसार विशेषगरी चारदेखि पाँच तल्लासम्मका घरमा तल्लो भागमा आगलागी हुँदा माथिल्लो तलाबाट उद्धार गर्न कठिन हुने भएकाले यस उपकरणले ठूलो सहयोग गर्नेछ।

“आपतमा परेका व्यक्तिलाई उद्धार गर्न नसकिने अवस्थामा उनीहरूलाई यस ब्यागमा कुद्न प्रेरित गर्नेछौं,” प्रमुख हमालले भने।

nawajiwan
Attariya Hospital

उपमहानगरका अनुसार सो एयर ब्यागमा पम्पमार्फत करिब आठ मिनेट तीन सेकेण्डमा हावा भर्ने गरिएको छ। खरिद गरिएको उपकरण शनिबार उपमहानगरको कार्यालयमा परीक्षणसमेत गरिएको छ।

धनगढी उपमहानगरपालिकाले नयाँ प्रविधिको प्रयोगमार्फत आगलागीमा उद्धार कार्यलाई अझ प्रभावकारी र सुरक्षित बनाउन यो पहल गरेको हो।

Advertize US