कैलाली कारागार झडपपछि कैदी स्थानान्तरण, घाइते उपचार जारी

Image
Nisarga Hospital

साउन २३ गते राति कैलाली कारागारमा भएको झडपपछि घाइते र मृतकको मामिलालाई मध्यनजर गर्दै कैदी स्थानान्तरणको प्रक्रिया सुरु भएको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालयका अनुसार, अस्पतालबाट उपचारपछि फर्किएका कैदीलाई मागअनुसार अन्य कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन भइरहेको छ। प्रशासकीय अधिकृत शिवराज जोशी का अनुसार, “डिस्चार्ज भए पनि स्वास्थ्यलाभका लागि थप समय आवश्यक भएकाले तत्कालको रूपमा कैदीहरूले रोजेको कारागारमा पठाउने काम भइरहेको छ। कतिपयलाई कञ्चनपुर र डडेल्धुरा कारागारमा व्यवस्थापन गरिएको छ।” हालसम्म उपचारपछि फर्केका छ जनालाई अन्य जिल्लामा स्थानान्तरण गरिएको छ।

उक्त झडपमा एक जनाको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए। तीमध्ये गम्भीर घाइते कर्ण सलामी मगर, कल्पेस विष्ट र आयुस भट्ट काठमाडौँमा उपचाररत छन्। सेती प्रादेशिक अस्पतालमा उपचाररत नौ जना बाहेक सबै फर्किसकेका छन्।

nawajiwan
Attariya Hospital

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ। सदस्यसचिव जोशीले घटनाको सम्बन्धमा प्रहरी अनुसन्धान जारी रहेको जानकारी दिए।

सुदूरपश्चिम प्रदेश सरकारले मृत्यु भएका चौधरीका परिवारलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ। घटनापछि सरकारले कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाललाई फिर्ता गरेर कृष्णप्रसाद लम्साललाई जिम्मेवारी प्रदान गरेको छ।

Advertize US