
अत्तरियाः अत्तरियामा आयोजित जिल्ला स्तरीय स्कुल डान्स कम्पिटीशनमा धनगढीको वाल्मीकि इन्टरनेशनल स्कुलकी छात्रा सृष्टि तामाङले प्रथम स्थान हासिल गरेकी छन्।

जेठ ३१ गतेदेखि सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो। प्रतियोगितामा वाल्मीकि इन्टरनेशनलकै छात्रा परिधी दाहालले दोस्रो स्थान र अत्तरियाको प्रज्ञान पाठशालाकी रीतिका घटालाले तृतीय स्थान प्राप्त गरिन्।
प्रतियोगितामा कैलालीका विभिन्न विद्यालयका करिब १,५ सय विद्यार्थीले अडिसन दिएका थिए, जसबाट फाइनलमा २१ जना प्रतिस्पर्धी पुगेका थिए।

पुरस्कार रकम:

प्रथम: सृष्टि तामाङ – रु ३०,१५१
द्वितीय: परिधी दाहाल – रु २०,१५१
तृतीय: रीतिका घटाला – रु १०,१५१
प्रतियोगितामा विजेताहरूलाई शनिबार औपचारिक कार्यक्रम मार्फत सम्मान गरिएको थियो। अत्तरिया क्षेत्रका अग्रज कलाकार विनोद मल्लको सभापतित्वमा कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य खेमा देवी विष्ट थिइन्।


















