अत्तरिया खबर राष्ट्रिय दैनिकको पाचौं वार्षिकोत्सवमा विद्यालयलाई सहयोग

Image
Nisarga Hospital

अत्तरियाः कैलालीको अत्तरियाबाट प्रकाशित अत्तरिया खबर राष्ट्रिय दैनिकले आफ्नो पाचौं वार्षिकोत्सवको अवसरमा गोदावरी नगरपालिका–२ स्थित सुदूरपश्चिम समावेशी विद्यालयलाई सहयोग गरेको छ।

CP Hospital Dhangadhi

आइतबार आयोजित कार्यक्रममा दैनिकका प्रकाशक राजकुमार साउँदले विद्यालयलाई १० हजार बराबरको नगद सहयोग प्रदान गरेका हुन्। उनले फरक क्षमता भएका बालबालिका अध्ययनरत यस विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए। साउँदका अनुसार, वार्षिकोत्सवको अवसरलाई समाज सेवासँग जोड्ने उद्देश्यले यो सहयोग गरिएको हो।

Attariya Hospital

विद्यालयका संस्थापक अध्यक्ष मानबहादुर साउँदले अत्तरिया खबर परिवारलाई धन्यवाद ज्ञापन गर्दै पत्रिकाको निरन्तर प्रगतिको शुभकामना दिएका थिए।

nawajiwan

अत्तरिया खबर राष्ट्रिय दैनिक २०७७ भाद्र १ गतेदेखि प्रकाशनमा आएको हो। पत्रिकाले अत्तरिया अनलाइनसमेत सञ्चालन गर्दै आएको छ। स्थापना दिवसको अवसरमा दैनिकले विभिन्न सामाजिक कार्य गर्दै आएको र यस वर्षको सहयोग पनि त्यसैको निरन्तरता भएको जनाएको छ।