कैलालीमा आमाछोरी मृत फेला

Image
Nisarga Hospital

कैलालीको घोडाघोडी नगरपालिका–७ की २१ वर्षीया आरतीकुमारी डगौरा र उनकी १० महिनाकी छोरी अनुजा चौधरी मृत फेला परेका छन्।

CP Hospital Dhangadhi

इलाका प्रहरी कार्यालय सुखडका डिएस्पी रमेशदत्त अवस्थीका अनुसार उनीहरू शनिबार घर नजिकै रहेको गौरीशंकर सामुदायिक वनमा रूखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्। आमाछोरी एउटै रूखमा फरक–फरक पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

Attariya Hospital

डगौरा छोरीसहित साउन २९ गतेदेखि बेपत्ता भएको परिवारले प्रहरीलाई जानकारी दिएको थियो। खोजीको क्रममा उनीहरू शनिबार मृत भेटिएका हुन्। शवलाई परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

nawajiwan

डगौरा श्रीमान्, सासू र देवरदेउरानीसँगै घरमा बस्दै आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।