बैतडीका बिष्टसहित ६० जना युवाहरु प्रवासबाटै रास्वपामा प्रवेश, समाज सुधारतर्फ प्रतिवद्धता

Image
Nisarga Hospital

बैतडी सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका समाजसेवी विनोद बिष्टसहित ६० जना नेपाली प्रवासमै रहँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। भारतको हैदरावादमा आयोजित विशेष कार्यक्रममा उनीहरूले औपचारिक रूपमा पार्टी सदस्यता ग्रहण गरेका हुन्।

CP Hospital Dhangadhi
Attariya Hospital

रास्वपा सुदूरपश्चिमका संस्थापक महामन्त्री भोजराज जोशीका अनुसार, रोजगारीका क्रममा विदेशमा रहेका नेपाली युवाहरूलाई संगठित गर्दै पार्टीमा प्रवेश गराउने कार्य निरन्तर भइरहेको छ।

बिष्टका अनुसार बैतडीका करिब ४० जना र अन्य विभिन्न जिल्लाबाट २० जना गरी कुल ६० जनाले सदस्यता ग्रहण गरेका हुन्। सामाजिक क्षेत्रमा सक्रिय रहेका बिष्टले पार्टीमार्फत समाज परिवर्तनका लागि योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

पार्टीको राज्यस्तरीय भेलामा सहभागी हुन हैदरावाद पुगेका रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, प्रमुख सचेतक सन्तोष परियार, कोषाध्यक्ष लिमा अधिकारीलगायतका नेताहरूले प्रवासमा रहेका युवाहरूलाई औपचारिक रूपमा स्वागत गरे।

कार्यवाहक सभापति अर्यालले नयाँ प्रवेशकर्ताहरूलाई स्वागत गर्दै भने, “देश निर्माण र समाज परिवर्तनका लागि युवाहरूको एक्यबद्धता अपरिहार्य छ। प्रवासमै रहेर मातृभूमिप्रति जिम्मेवारी बहन गर्नु सराहनीय कदम हो।”