सुदूरपश्चिममा साढे दुई वर्षमा चार सरकार, ३८ मन्त्री बने, मन्त्रिपरिषद् खेल जारी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा साढे दुई वर्षमा चार पटक सरकार परिवर्तन भएका छन्। प्रदेश सभा ५३ सदस्यीय भए पनि, चार सरकारमा मुख्यमन्त्रीसहित ३८ जना मन्त्री नियुक्त भइसकेका छन्। ५३ सांसदमध्ये ३२ जनाले मन्त्री बन्ने अवसर पाइसकेका छन्।

CP Hospital Dhangadhi

२०७९ पुस २७ गते एमाले नेता राजेन्द्रसिंह रावललाई एमालेसहित माओवादी, नागरिक उन्मुक्ति र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। तर, नागरिक उन्मुक्तिले विश्वासको मत नदिएपछि रावल नेतृत्वको सरकार एक महिनामै ढल्यो।

२०७९ माघ २६ गते कांग्रेस नेता कमलबहादुर शाह मुख्यमन्त्री बने। माओवादी–एमाले गठबन्धनको सहयोगमा बनेको सरकारले ०८१ चैतमा विश्वासको मत नपाउँदा शाहले राजीनामा दिए।

nawajiwan

२०७८ वैशाख ६ गते एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी मुख्यमन्त्री भए। तर केन्द्रमा कांग्रेस–एमाले गठबन्धन बनेपछि सोडारीको सरकार तीन महिनामै ढल्यो। सोडारीको राजीनामापछि कमलबहादुर शाह पुनः मुख्यमन्त्री बनेका छन्। हाल उनी नौ सदस्यीय मन्त्रिपरिषद् सञ्चालन गर्दै छन्।

Attariya Hospital

सुदूरपश्चिममा सात सिट भएको नागरिक उन्मुक्तिका सबै सांसद मन्त्री बनेका छन्। कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरी दुईपटक मन्त्री भइसकेका छन्। लक्ष्मणकिशोर अहिले पर्यटनमन्त्री छन्। यसबिच रामेश्वर चौधरी, घनश्याम चौधरी, खुशीराम डगौरा थारू, इन्दिरा गिरी योगी र टीका थापाले पनि मन्त्री बन्ने अवसर पाएका छन्।

प्रदेश सभाको पहिलो कार्यकालमा मुख्यमन्त्री त्रिलोचन भट्टले पाँच वर्षे अवधि पूरै चलाएका थिए। तर दोस्रो कार्यकालमा केन्द्रको गठबन्धन र दलभित्रको गुटगत भागबन्डाका कारण सुदूरपश्चिममा बारम्बार सरकार परिवर्तन, मन्त्री थप्ने र हटाउने प्रवृत्ति बढेको छ।

हाल कांग्रेसले मुख्यमन्त्रीसहित ३ मन्त्रालय र दुई राज्यमन्त्री, एमालेले ३ मन्त्रालय र १ राज्यमन्त्री, नागरिक उन्मुक्ति मन्त्रालयका पदहरू धारण गरिरहेका छन्। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय मुख्यमन्त्री शाहकै जिम्मेवारीमा रहेको छ।