
अत्तरिया: गोदावरी नगरपालिका–२ अत्तरियामा होटेल व्यवसाय गर्दै आएका पदम दियालको १५औँ दिनको पुण्यतिथिमा होटेल व्यवसायीहरूले शोक प्रकट गरेका छन्।

होटेल व्यवसायी महासङ्घ नेपाल र गोदावरी होटेल व्यवसायी सङ्घका प्रतिनिधिहरूले दियालको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारलाई भेटेर संवेदना प्रकट गरेका हुन्।

आइतबार दियालको घरमै पुगेर महासङ्घकी केन्द्रीय उपाध्यक्ष धना देवी चोखाल, गोदावरी होटेल व्यवसायी सङ्घका अध्यक्ष लक्ष्मण धामीसहितका प्रतिनिधिहरूले उनकी धर्मपत्नी र परिवारलाई समवेदना व्यक्त गरेका थिए।

४९ वर्षको उमेरमा दियालको गत साउन १७ गते निधन भएको थियो।

















