विपिनका बुवा भन्छन् : दुई बर्ष सम्म छोराको अवस्था थाहा पाउन सकिएन

Image
Nisarga Hospital

अत्तरिया : हमासको बन्धकमा रहेका विपिन जोशीका बुवा महानन्द जोशीले दुई वर्ष बितिसक्दा पनि छोराको अवस्थाबारे थाहा पाउन नसकिएको बताएका छन् । आइतबार धनगढीमा आयोजित एक कार्यक्रमा उनले छोरालाई इजराइलबाट हमासले बन्धक बनाएर लगेपछि परिवारको खुसी, भोक निद्रा सबै खोसिएको बताए ।

CP Hospital Dhangadhi
Attariya Hospital

त्यसयता मन्त्री, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसँगसमेत पटक–पटक भेट भएको तर छोरा कुन अवस्थामा छ भन्ने जानकारी नपाएको बताए । ‘सरकारले सधै पहल गरिरहेको भन्छ,’ जोशीले भने, ‘पहल हुँदै पनि होला तर पहलका लागि एकपटक भन्दा नलागे सरकारले पनि पटक–पटक भनिराखे, झकझकाइराखे, सोधिराखे केही पत्ता लाग्थ्यो कि ।’

केही दिनअघि विपिनका आमा र बहिनी इसराइल गएका थिए । उनीहरूलाई इसराइली सरकारले नै झिकाएपछि दूतावासको समन्वयमा पठाइएको हो । सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट विपिन जोशीसहित साढे २ सय जनालाई बन्धक बनाएर लगेको थियो । विपिन सुदूरपश्चिम विश्वविद्यालयको पढ्दै कमाउँदै कार्यक्रममार्फत इसराइल पुगेका थिए ।

Advertize US