कैलाली कारागारको जेलरमा ढुङ्गाना

Image
Nisarga Hospital

अत्तरिया : कैलाली कारागारका जेलर फेरिएका छन् । कारागार विभागले नयाँ जेलरको रुपमा प्रकाश ढुङ्गानालाई पठाएको छ ।

CP Hospital Dhangadhi

केही दिन अगाडि ज्यान जाने गरी कैदीबिच हिंसात्मक झडप भएपछि तत्कालीन जेलर वसन्त खत्रीको सरुवा भएको थियो । एक हप्ताका लागि कारागारको जेलरको रुपमा काज बिदामा जालन्धर भुसाल आएका थिए । उनको काज बिदा सकिएपछि कारागार विभागले ढुङ्गानालाई नयाँ जेलरको रुपमा पठाएको हो ।

Attariya Hospital

जेलर ढुङ्गानाले आजदेखि कार्यभार सम्हालेको कारागार प्रशासनले जानकारी दिएको छ । अघिल्लो शुक्रबार मध्यरातमा ब्लक ए का कैदीले ब्लक बी मा रहेका कैदीमाथि आक्रमण गर्दा धनगढी उपमहानगरपालिका ४० वर्षीय भरत चौधरीको ज्यान गएको थियो ।

nawajiwan

चौधरी लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका थिए । घटनामा ४७ जना कैदी घाइते भएका थिए । जसमध्ये तीन जनाको काठमाण्डौंमा उपचार भइरहेको छ । कारागार घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालको पनि गृहमा सरुवा भएको थियो ।

Advertize US