
अत्तरियाः अत्तरियाको धनगढीरोड स्थित श्रीकृष्ण मार्केटमा एच.एफ.सि चिकेन रेस्टुरेन्ट औपचारिक रुपमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले रिवन काटी उद्धघाटन गरी सेवा संचालनमा आएको छ ।


रेस्टुरेन्टका संचालक हेमराज नौन्यालले तिज पर्वको अवसरमा रेस्टुरेन्ट र पार्टी हल सञ्चालनमा आएको बताउनुभयो। एक करोड पचास लाखभन्दा बढी लगानीमा तयार गरिएको उक्त रेस्टुरेन्टमा आधुनिक सुविधा सहित एसियुक्त बार, १५०–२०० जना क्षमताको कार्यक्रम हल, प्राइभेट क्याबिन, स्मोकिङ जोन, आउटडोर क्षेत्र, झरना र पानीका फोहोरा जस्ता आकर्षक सुविधा रहेका छन्।

संचालक नौन्यालले सेवाग्राहीलाई सर्वसुलभ सेवा दिन र अत्तरियामा पर्याप्त मनोरञ्जन तथा खानपिनको वातावरण नभएकोले धनगढी जानुपर्ने अवस्थालाई समाधान गर्न यो रेस्टुरेन्ट खोलिएको बताए। रेस्टुरेन्टले होम डेलिभरी सेवा, क्रन्ची चिकेन, कुखुराको अचार, ग्रेवी विशेष, तन्दूरी तथा विविध रेसिपीहरू उपलब्ध गराउनेछ।

उक्त रेस्टुरेन्टमा १५ जना रोजगार पाएका छन्। साथै तिजमा आउने ५० जना भन्दा बढी महिलाका लागि हल निःशुल्क प्रदान गरिने घोषणा गरिएको छ।

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले उद्घाटन अवसरमा भन्नुभयो, “स्थानीय स्तरमै गुणस्तरीय खानपिन र मनोरञ्जनको सुविधा उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो। यसले यहाँको पर्यटन र व्यवसायिक गतिविधिलाई पनि थप प्रोत्साहन दिनेछ। हामी सबैले मिलेर अत्तरियालाई अझ आधुनिक र आकर्षक बनाउनेछौं।”

उनले आर्कषक र व्यवस्थीत तरिकाले सञ्चालनमा ल्याईएको सो रेष्टुरेन्टले आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई भित्र्याउने अपेक्षा लिएको बताए । नगरक्षेत्रभित्र भएकाले मात्रै नभई गोदावरी क्षेत्रमा रोजगारी सृजना समेत गरेकाले नगरबाट गर्न सकिने सहयोग आफूले गर्ने नगरप्रमुख भट्टको भनाई छ । उनले गौरा र तिजलाई लक्षित गरेर होटल व्यवसाय सञ्चालन गरेको भन्दै सफलताको शुभकामना दिए ।

तिज पर्वलाई लक्षित गर्दै सञ्चालनमा आएको यस सेवाले अत्तरियामा थप रौनक र सांस्कृतिक उत्साह ल्याउने विश्वास व्यक्त गरिएको छ।


















