“भारतका पहेँलो प्लेट ट्याक्सी नेपालमा सञ्चालन निषेध, कडाइ गर्ने तयारी”

Image
Nisarga Hospital

धनगढी: नेपालमा भारतका पहेँलो नम्बर प्लेटका ट्याक्सी सञ्चालनमा रोक लगाइने भएको छ। कैलाली जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

CP Hospital Dhangadhi

कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीका अनुसार भारतका सेतो नम्बर प्लेट भएका ट्याक्सीले पनि यात्रु बोक्न नपाउने निर्णय गरिएको छ। हाल धनगढी क्षेत्रमा भारतका पहेँलो र सेतो नम्बर प्लेटका ट्याक्सीहरू निर्वाध रूपमा यात्रु बोकिरहेका छन्। चौराहा, मिलनचोकदेखि भन्सारसम्मका विभिन्न स्थानमा ती ट्याक्सीले सेवासमेत दिइरहेका छन्। उनीहरूले सुदूरपश्चिमका पहाडी जिल्लासम्म नेपाली यात्रु पुर्‍याउने र भारततर्फ समेत लैजाने गरेको जनाइएको छ।

भन्सार विभागको नियम अनुसार मालवाहक सार्वजनिक सवारी साधनले वर्षमा केवल ३० दिन मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था छ। तर हाल यो नियम पालना नभएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी खेमप्रसाद अर्यालले जानकारी दिए।

nawajiwan
Attariya Hospital

यसैबीच, नेपाल–भारतबीच सन् २०१४ मा प्रधानमन्त्री स्तरको बैठकमा भएको दुई देशीय यातायात सम्झौताअनुसार नेपाल–भारत मैत्री बस सेवा सञ्चालनमा छ। तर भारतका ट्याक्सीहरू निर्वाध रूपमा धनगढीमा सञ्चालन हुँदा नेपाली यातायात व्यवसायी मारमा परेको सुदूरपश्चिम यातायात प्रालि, धनगढीका वरिष्ठ उपाध्यक्ष गणेशराज पाण्डेयले बताए। उनका अनुसार यसले नेपालको यातायात व्यवसायलाई धरासायी बनाइरहेको छ।

खप्तड यातायात प्रालि, धनगढीका अध्यक्ष अनन्तराज जोशीले पनि भारतका ट्याक्सीलाई नियन्त्रणमा लिन प्रशासनले कडाइ गर्नुपर्नेमा जोड दिए। “धनगढीमा भारतीय ट्याक्सी निर्वाध रूपमा सञ्चालन भइरहेकामा प्रशासन लाचार देखिन्छ,” उनको भनाइ छ।

जिल्ला ट्राफिक कार्यालय कैलालीका प्रमुख चक्रबहादुर देउवाले भने प्रशासनको निर्देशनअनुसार कारबाही सुरु गरिएको जनाएका छन्। उनका अनुसार सेतो नम्बर प्लेटका साना गाडीलाई यात्रु बोक्दा कारबाही गरिएको छ भने पहेँलो नम्बर प्लेटका ट्याक्सीलाई नियन्त्रणमा कडाइ गरिएको छ।

Advertize US